साथीको हत्या गरेर भागेका युवक काठमाण्डौमा पक्राउ

काठमाडाैं | पुस २, २०८०

साथीको हत्या गरेर भागेका युवक काठमाण्डौमा पक्राउ

मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाण्डौमा पक्राउ परेका छन् । महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ति शनिवार विमानस्थलबाट पक्राउ गरेको हो ।

 

साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो । मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाण्डौ प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्